०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०३, २०७९

तुलसीपुरबाट चार जना युवक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

तुलसीपुर उपमहानगरपालिका-१२ राप्ती बबई क्याम्पस पछाडिबाट तुलसीपुर-६ का २३ वर्षीय रवीन नेपालीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो। उनीबाट ३०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

उनीमाथि सोधपुछ गर्दा तुलसीपुर-६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरिद गरेको खुलेको हो।

बाल्मिकीको डेरा कोठा पुगेर खोज्दा उनीबाट पनि १४० मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी अर्यालले जानकारी दिए।

उनीहरूसँगै प्रहरीले तुलसीपुर-९ का २७ वर्षीय मार्केट जेठा भन्ने कृष्ण जैसी, तुलसीपुर-१० घर २८ वर्षीय राजेश नेपालीलाई पनि पक्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]