
सिरहाको लहान नगरपालिकामा कांग्रेसका उम्मेदवार एमालेभन्दा दोब्बर मतान्तरसहित अग्रस्थानमा छन् ।
कांग्रेसका मेयर उम्मेदवार महेशप्रसाद चौधरीले ३ हजार १०५ मत ल्याउँदा निवर्तमान मेयरसमेत रहेका एमालेका मुनी साह सुडीले १ हजार ५४६ मत मात्र ल्याएका छन् ।
त्यसै गरी नेकपा एकीकृत समाजवादीका विनोदकुमार साहले २७३ मत ल्याएका छन् ।