
सल्यान — सल्यानको कुमाख गाउँपालिका–४ स्यालास्थित भेरी नदीको किनारमा २४ वर्षीय युवकको शव भेटिएको छ । जाजरकोट स्थायी घर भई रुकुमको आठबीसकोट नगरपालिका–११ चीसापानीमा बस्दै आएका बिर्खे कामीको शव भेटिएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खडकाले बताए । पोस्टमार्टमका लागि शव चौरजहारी अस्पतालमा लैजाने तयारी भइरहेको उनले जानकारी गराए ।