०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २७, २०७९

दुहबी- सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ । घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफू माथि छुरा प्रहार गरेको बताएका छन् ।

सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए । घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देव माझीले घटनाको अनुसन्धान भइरहेको बताए । यो घटना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन । केही दिन अगाडी मात्र सोही वडाको छाता बेलिमा एमाले कार्यकर्ता र नेपाली काँग्रेसको कार्यकर्ताबीच झडप भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]