२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

ढल्केवर -धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका रामजीवन महतो मत माग्न बिहानै मतदाताको घरदैलोमा पुग्छन्। स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा उनलाई मतदाता भेटेर भोट माग्ने चटारो छ। उनी वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार हुन्। रामजीवनको चुनावी व्यानरमा दिलीपको तस्बिर राखिएको छ। उनकै समर्पणमा आफू चुनावी मैदानमा उत्रिएको रामजीवनको भनाइ छ।

 

उनैले चलाएको अभियानलाई सफल बनाएर समृद्ध वडा बनाउने आफ्नो योजना रहेको उनी सुनाउँछन्। ‘गाउँका प्रायजसो सबै मतदाताले एउटा भोट दिलीपका लागि दिने भनेर वाचा गरेका छन्। सबै मतदाताको साथ र समर्थन पाए मेरो जित सुनिश्चित छ,’ रामजीवन भन्छन्, ‘वडा कार्यालयमा दिलीपको फोटो झुन्ड्याएर उनको अभियान शुभारम्भ गर्छु। समृद्ध वडाको निर्माण गरेर छोराको सपना पूरा गर्छु।’

दिलीपलाई पर्यावरण सहिद घोषणा गराउन सरकारसँग पहल गर्न चुनावमा उठेको उनले बताए। उनले भने, ‘कुनै पनि नेता र उम्मेदवारले आफ्नो छोराका अधुरो सपना पूरा गर्ने वाचा नगरेपछि आफैं उम्मेदवारी दिएको हुँ।’

चुरे संरक्षण आफ्नो प्रमुख एजेन्डा रहेको रामजीवनको भनाइ छ। औरही खोलामा असार महिनाको बाढीले किसानको बिघौंबिघा उब्जाउ जमिन कटान हुने चिन्ताले आफूलाई सताउने गरेको उनले सुनाए। दिलीप २०७६ पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा अवैध उत्खनन रोक्न पुगेका उनको टिपरले किचेर हत्या भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]