०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

रसुवा – वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने भएको छ ।

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सीसीक्यामरा जडान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतगणना गर्दा जडित सीसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको हो ।

यसैगरी मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपश्चात् आइतबारदेखि मतदान कार्य सम्पन्न गराउन खटिने कर्मचारीलाई कार्यस्थलमा पठाउन थालिएको छ । पहिलो चरणअन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ क्षेत्रमा आवश्यक सुरक्षाका साथ कर्मचारी खटाइएको पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी मङ्गलबारसम्म सबै मतदान केन्द्रमा पुगी सक्ने बताइएको छ ।

निर्वाचनको समयमा उमेदवार तथा दलका कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जिल्ला हुलाक कार्यालयले अनुगमन गरिरहेको छ । हुलाक प्रवक्ता राजेश श्रेष्ठका अनुसार सूचना बोर्डको परिपत्रबमोजिम अनुगमनको साथै कहीँकतै आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाकलाई उजुरी दिन सूचनासमेत जारी भइसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]