०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत भेटिएका छन्।

रोजगारीको लागि दुबई गएका बेदकोट नगरपालिका–४ बिजयनगर बगुनका २२ वर्षीय खड्क साउँद आफ्नै कोठामा मृत अवस्थामा भेटिएका बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले जानकारी दिए।

‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्था शव भेटिएको भन्ने खबर परिवारलाई आएको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको हो जानकारी आइसकेको छैन।’

उनका अनुसार मृतकको शव पोष्टमार्टमलाई अस्पतालमा राखिएको छ । तर अस्पतालको नाम भने खुलेको छैन।

मेयर चन्दले उनको शव नेपाल ल्याउन आवश्यक सहयोगको लागि दुबईमा रहेका नेपालीलाई आग्रह पनि गरेका छन्। साउँद दुई महिना अघि मात्रै दुबई गएका थिए । गत असोजमा उनले विवाह गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]