०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

तनहुँको व्यास नगरपालिका–१ माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।

टिपर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास–१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सवारी ज्यान मुद्दामा आज अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]