
कालिकोट – जिल्लाको रास्कोट नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द)्रका कार्यकताबीच झडप भएको छ ।
चुनावी अभियानका क्रममा गएराति काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा परि रास्कोट नगरपालिका वडा ५ का माओवादी केन्द्रका रत्नमान रोकाया घाइते भएका छन् ।
रोकायामाथि काँग्रेस नेता महेश बम र अनिपाल बमको निर्देनमा आक्रमण भएको माओवादी केन्द्रका कार्यकर्ताहरुका आरोप छ ।
त्यस्तै उता काँग्रेस कार्यकर्ताहरुले भने माओवादी केन्द्रका वडा अध्यक्षको उम्मेदवार मन तिरुवाको निर्र्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्न आएको र उक्त समूहले आक्रमण गरेपछि प्रतिकारका क्रममा उक्त घटना भएको काँग्रेसले जनाएको छ ।
माओवादी केन्द्रका नेताहरुको आक्रमणमा परि काँग्रेसका गणेश बम र कमल रोकाय पनि घाइते भएको काँग्रेसको दाबी छ ।