२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

राप्रपाले मोरङको बेलबारी नगरपालिकामा आफ्नो पार्टीबाट मेयरमा उम्मेदवारी दिएका खेमराज गौतमको सवारी साधनमाथि आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ।

गए राति गौतमको गाडीमा पेट्रोल छर्केर आगजनी भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर उम्मेदवारको गाडीमा आगजनी गरिएको घटना निन्दनीय र दु:खद भनेका छन्।

‘सिसिटिभी फुटेजबाट गाडीमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरि हदैसम्मको कारबाहीको माग गर्दछौं,’ उनले भनेका छन्।

उनले निश्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छन्।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]