२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिएका छन् ।

बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख विष्टले बताएका छन् ।

नगरप्रमुख पदमा रहेर पार्टीको कार्यक्रममा हिड्न आचारसंहिताले नदिएका कारण राजीनामा दिइएको हो । माओवादी केन्द्रका आधिकारिक उमेद्वार बिष्णु बिष्ट आदर्शलाई आगामी बैशाख ३० मा हुने निर्वाचनमा जिताउनका लागि उनले चुनावी सभामा सम्बोधन गर्नेछन् ।

थाहा नगरका मतदाताले पुन लवशेर बिष्टलाई नै नगरप्रमुखमा जिताउने बताइरहेको भएपनि विष्टले एक कार्यकाल मात्र काम गर्ने भनेर दोहोर्याएनन् । ५ बर्ष कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको बर्तमान नेतृत्वलाई नै जनताले पुन जिताउन खोजेका थिए । थाहा नगर कम बेरुजु भएको स्थानीय सरकार हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]