०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

धनकुटामा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।

स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका ३ का २० वर्षीय सुवास कटुवाललाई पक्राउ गरेको हो।

उनले गत फागुन ८ गते किशोरीलाई बलात्कार गरेको भन्दै गएको सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई बुधबार घरैबाटै प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार दुबै पक्षले पीडक पक्षले घटना गाउँमै मिलाउने प्रयास गरेका थिए। तर, छलफलमा दुई पक्षबीच कुरा नमिलेपछि प्रहरीसमक्ष उजुरी परेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]