२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

विराटनगर- मोरङको सुन्दरहरैँचामा उम्मेदवारको घरनजिक बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका-११ शुक्रबारेस्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । ढकाल नेकपा (एमाले)का तर्फबाट वडा सदस्यका उम्मेदवार हुन् ।

घटनास्थलमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं भन्ने पर्चा भेटिएको छ । पर्चा सोही प्रेसर कुकरमा टेपले बाँधेर राखिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार उक्त शंकास्पद वस्तु कसले राखेको भने खुल्न सकेको छैन । शंकास्पद वस्तु आसन्न स्थानीय तह निर्वाचन विरोधी समूहले राखेको हुन सक्ने अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमला नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेर वरपर मानिस तथा सवारीसाधन आवतजावतमा रोक लगाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ़ जाँदैछ । घटनास्थल पुगेर टोलीले यकिन गरेपछि उक्त वस्तु बम होकि हैन भनेर पुष्टि हुने प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरेर शंकास्पद वस्तु राख्न्नेको खोजी सुरु गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]