०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु भएको सूचना आएपछि आज बिहानै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो। करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोली सहित विमानस्थल ‘सर्च’ गरेका थिए। तर, अज्ञात व्यक्तिले फोनमा भने झैँ विमानस्थलबाट केही पनि भेटिएन। सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध भनेको विमानस्थल पुन: संचालन गरिएको छ।

‘हाम्रो प्राविधिक टोली सहित सुरक्षाकर्मीले सबै ठाउँ खोजी गर्‍यो। कतै पनि केही भेटिएको छैन। कसैले हल्ला चलाएको मात्र हुनसक्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी उतमराज सुवेदीले भने।

बिहान दुईपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोन गरेर अज्ञात व्यक्तिले विमानस्थलमा विस्फोटक पदार्थ राखिएको जानकारी दिएका थिए। त्यसपछि नेपाली सेनाको डिस्पोजल टोली सहित सशस्त्र प्रहरीले विमानस्थलमा ‘सर्च’ गरेको थियो।

प्रहरीका अनुसार बिहान ९:४० देखि ९: ५० को बिचमा दुई पटक विमानस्थलमा फोन गरेर बम राखिएको दाबी गरिएको थियो। सलाम वालिकुम भन्दै सात ठाउँमा बम राखिएको भन्दै फोन आएको थियो। ‘सर्च’ गरेर केही फेला नपरेपछि बिहान ११ बजेर १० मिनेटलेखि विमानस्थल यथावत् रुपमा संचालन भएको छ।

‘अब हामी फोन गर्ने व्यक्तिको खोजीमा लागेका छौँ,’ डिआइजी सुवेदीले भने।

विभिन्न समयमा विभिन्न व्यक्तिले बम राखेको भन्दै फोन नआएका होइनन्। तर सुरक्षाको हिसाबले अतिसंवेदनशिल मानिने विमानस्थलमा नै यसरी ‘बम’ राखेर हल्ला फैलाउनु झनै सुरक्षाको हिसाबले चुनौतीपूर्ण देखिएको छ।

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनको मुखमा यसरी हुने ‘हल्ला’ पनि सुरक्षाको दृष्टिकोणबाट चुनौतीपूर्ण रहेको सुरक्षा अधिकारीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]