२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा कार्कीको उम्मेदवारी खारेज गर्न र आचारसंहिता पालनामा पक्षपात गरेको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन र २०७८ मा आफैँले बनाएको आचार संहिताको निर्देशिका उल्लंघन गरेको भन्दै निर्वाचन आयोग विरुद्ध उत्प्रेषणयुक्त परमादेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठमाडौं र एमालेबाट उपमेयर पदकी उम्मेदवार बनेकी शिल्पा कार्की विरुद्ध विराटनगर महानगरमा जसपाका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले सर्वोच्चमा परमादेश माग्दै रिट दर्ता गराएका हुन । उम्मेदवार कार्कीले कोशी अस्पाल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइन उम्मेदवारी दिएको भन्दै विराटनगर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । तर, निर्वाचन कार्यालयले उजुरकर्ताको माग दाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर गराएपछि यादव न्याय खोज्दै सर्वोच्चसम्म पुगेका हुन।

सोमबार सर्वोच्चमा उक्त मुद्दा दर्ता भएपनि मंगलबार इदको सार्वजनिक बिदा भएकाले मुद्दाको निस्सा प्राप्त हुन नसकेको तर, आज बुधबार निस्सा प्राप्त हुने र भोलि बिहीबार मुद्दाबारे पहिलो पेशी तोकिन सक्ने बादीतर्फका अधिबक्ता पेशल आचार्यले बताए । कानुन व्यवसायीहरुका अनुसार सर्वोच्चले चाहेमा बिहीबार पहिलो सुनवाइमै अन्तरिम आदेश जारी गरेर एमाले उम्मेदवार शिल्पालाई चुनावी प्रतिस्पर्धा गर्नबाट रोक लगाउन सक्नेछ । यदी अन्तरिम आदेश जारी नगरि एकै चोटी बादीको पक्षमा फैसला गरेमा शिल्पाले जित हासिल गरेपनि उनको पद खारेज हुनेछ । यसो भएमा दोस्रो हुने प्रतिस्पर्धी विराटनगरको मेयर बन्न सक्नेछन ।

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको भनेर उजुरी परेपछि उपप्रमुख पदकी उम्मेदवार कार्कीले ९ बैसाख २०७९ मै पदबाट राजीनामा दिएको र मन्त्रालयले ११ बैसाखमा दर्ता नम्बर ७२९९ मा राजीनामा स्वीकृत गरेको किर्ते निबेदनको कागजात मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेर गरेर उम्मेदवारी सदर गराएकी थिइन ।

तर, कार्कीले दिएको राजीनामा उक्त मितिमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता नभएको पाइएको छ । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले उपलब्ध गराएको आधिकारिक सूचना विवरण अनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन मन्त्रालयको मुल दर्ता किताबमा सुर्य नेपाल प्राली काठमाडौंको सुर्तिजन्य पदार्थ ऐनबारेको कागजात दर्ता भएको पाइएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कार्कीलाई कोशी अस्पताल विकास समिति सदस्य पदमा नियुक्त गरेको थियो । हालका स्वास्थ्य मन्त्री विरोध खतिवडाले उनीसहित समितिका सबै पदाधिकारीलाई २१ माघमा बर्खास्त गरेपनि अदालतबाट उनीहरु पुर्नस्थापित भएका थिए । कोशी अस्पताल प्रशासनले दिएको आधिकारिक जानकारी अनुसार पनि सदस्य रहेकी कार्कीले चैत महिनासम्म अस्पतालको कोषबाट भत्ता बुझेको र राजीनामा नबुझाएको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]