२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

२१ बैशाख २०७९, बुधबार १०:१८
लुम्बिनी प्रदेश सभाको १०औं अधिवेशन मंगलबारदेखि शुरु भएको छ । तर, बैठक शुरु भए पनि प्रतिपक्षी एमालेले भने संसद् अवरुद्ध गर्दै नाराबाजी गरेका छन् ।

मंगलबार बसेको दोस्रो बैठकमा बोल्ने सत्ता पक्षका सांसदहरुले भने प्रतिपक्षी गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक बसेको हो । गत मंसिर १ गते प्रदेशसभाको नवौं अधिवेशन सम्पन्न भएको थियो । संविधानअनुसार वैशाख ३० गते प्रदेशसभा नबसेको ६ महिना पुग्ने भएकाले बाध्यतात्मक रुपमा प्रदेशसभाको बैठक बसेको हो । तर, प्रदेशसभाको बैठक शुरु हुनासाथ विपक्षी एमालेले अवरोध गर्दै प्रतिपक्षीको मागलाई सुनुवाइ नगरेकाले सदन चल्न नदिने भन्दै संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

एमालेको नाराबाजीले पहिलो बैठक केहीबेर स्थगित भएर थियो । दोस्रो बैठकमा एमालेका सांसद अनुपस्थित थिए । बैठकमा बोलेका सत्ता पक्षका सांसद तुलबहादुर घर्ती मगर र निर्मला क्षेत्रीले भने एमाले गैरजिम्मेवार भएर संसद् बन्धक बनाएको आरोप लगाउनुभएको छ ।त्यस्तै संसद्मा राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले प्रदेशका समितिहरुसमेत निस्क्रिय भएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । संसद्मा खेलकुदसम्बन्त्री अध्यादेश पेश भएको छ ।

बर्दियाको २ को ‘ख’ बाट निर्वाचित सांसद दिपेश थारूले स्थानीय तह निर्वाचनमा सहभागी हुन राजीनामा दिएकाले पद रिक्त रहेको सूचना संसद्लाई जानकारी गराइएको छ । अर्को बैठक जेठ १० गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]