०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि भएको छ । निकुञ्जका सहायक संरक्षण एवं सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार निकुञ्जको हल्खोरिया दह, पसाहा खोला र मजौना क्षेत्रमा बाघको संख्या बढेको हो ।

जेडएसएलसँगको सहकार्यमा निकुञ्जका ती क्षेत्रमा गरिएको निरन्तरको बायोलोजिकल क्यामरा मोनिटरिङको नतिजाले यस्तो संकेत गरेको छ । ती क्षेत्रमा क्यामरा ट्र्यापिङमा बच्चा र वयस्क गरी ७ वटा बाघ परेका छन् ।

२०१९ को जनवरी ३१ मा हल्खोरिया क्षेत्रमा १ आमा र ३ बच्चा क्यामेरा ट्र्यापिङमा परेका थिए । २०२० को नोभेम्बरमा पनि ती बाघ त्यसै क्षेत्रमा क्यामरामा कैद भएका थिए ।

निकुञ्जको विस्तारित क्षेत्रको ८÷९ स्थानमा क्यामरा जडान गरिएकोमा विभिन्न स्थानमा गरी ७ वटा बाघ क्यामेरामा कैद गरिएको थियो ।

३ वर्षअघि निकुञ्जको क्षेत्र पूर्वी भेगमा विस्तार भएपछि उक्त क्षेत्रमा मानवीय हस्तक्षेप घट्दै गएर बाघले निकुञ्जमा आफ्नो नयाँ बासस्थान बनाएको हुन सक्ने भगतको भनाइ छ ।

निकुञ्जसँग जोडिएको बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा पनि बाघको गतिविधि देखिएकाले निकुञ्जमा वयस्क भएका बाघ नयाँ बासस्थानको खोजीमा त्यसतर्फ गएको हुन सक्ने सम्भावना पनि रहेको उनले बताए ।

निकुञ्जमा बाघलगायतका वन्यजन्तुको संख्या बढ्नुमा बाघको बासस्थानको संरक्षण, यसको आहारा प्रजातिका जनावरहरूको लागि घाँसे मैदानको विकास, वन्यजन्तुलाई पिउने पानीको व्यवस्थापनलगायतको कारण रहेको भतगले बताए ।

यसबाहेक रामभौरी, भाठा, रमौली, प्रतापपुर जस्ता निकुन्ज भित्र रहेका मानवबस्तीहरूलाई स्थानान्तरण गरिएपछि पनि बाघ लगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि हुन गएको उनले बताए ।

निकुञ्जमा बाघको संख्या वृद्धिसँगै थप चुनौती पनि बढेको उनले बताए । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजाति वन्यजन्तुको संख्या वृद्धि चुनौती रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]