०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन्।

सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका हुन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ।

रुकुम पश्चिमको जन्तीबस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम पूर्वमा टेलिफोन सेवा अवरूद्ध भएको दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए। चट्याङबाट तार जलेको छ। मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ। टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले हावाहुरीका कारण विद्युत सेवा अवरूद्ध भएको जनाएको छ। हावाहुरीले सल्यान र रुकुम पश्चिममा रुख ढलेका कारण सेवा अवरूद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए।

रुकुम पश्चिमको धैरेनीचौरस्थित सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान हुने बताइएको छ।

रुकुम पश्चिमले काममा ढिलासुस्ती गर्दा रुकुम पूर्वमा विद्युत अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम पूर्वले जनाएको छ।

टेलिफोन र विद्युत सेवा अवरूद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ।

स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]