
नेपालको राजधानी काठमाडौंदेखि बनारससम्मको उडान पुनः सुरु हुने भएको छ ।
कोरोना महामारीका कारण बन्द भएको दुई धार्मिक गन्तव्य काठमाडौं र बनारसबीचको उडान आगामी ९ जेठ (२३ मे)बाट सुचारु हुने भएको हो ।
बुद्ध एयरले यो रुटमा सातामा दुई उडान गर्ने गरी पुनः दुई गन्तव्य जोड्न लागेको हो ।
काठमाडौं–बनारस–काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको छ । वनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत टूर प्याकेज समेत बिक्री गर्दै आएको छ ।