०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्षको प्रथम आठ महिनामा आठ अर्ब ३९ करोड रुपैयाँआम्दानी गरेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा निगमले पाँच अर्ब ७० करोड रुपैयाँआम्दानी गरेको थियो ।

आम्दानी बढेसँगै निगमले ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ रुपैयाँनगद मौज्दात कायम गरेको छ ।

यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ रुपैयाँबचत गरेकोसमेत निगमले जनाएको छ । ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमले यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत गरेको जनाएको छ ।

पछिल्लो प्रगति विवरणअनुसार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँपुगेको जनाएको छ ।

पछिल्लो समय जहाजको उपयोगिता, सिट अकुपेन्सी र गन्तव्य विस्तारमा जोड दिएको जनाउँदै निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्यमा समेत जोड दिएको जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको निगमको दाबी छ । गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]