
मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोटबुक सहयोग गरेको छ।
नेपाल प्रहरीलाई मेगा बैंकले दियो पकेट नोटबुक लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरे।
स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।
सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ।