
प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार ११:४५
गए राति महोत्तरी जिल्लामा भीषण हावाहुरी चलेको छ । हुरीले विभिन्न पालिकाका विद्यालय, कुखुरा फार्म, गोठ तथा घरका छाना उडाएको हो ।
हावाहुरीका कारण मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निम्न माध्यमिक विद्यालयको सबै छाना उडाएको छ । एउटा कुखुरा फार्म र स्थानीयको घरको छाना पनि उडाएको छ । हावहुरीले तीनवटा घर समेत लडेका छन् ।