१० बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

आज नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।विभिन्न राजनीतिक दलसँग आबद्ध श्रमिक संगठनले श्रमिक दिवस हर्षोल्लासका साथ मनाउँदै आएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारहरुले धरानमा श्रम गरेर जीविकोपार्जन गर्ने टेम्पो चालकहरुलाई सम्मान गर्दै शुभकामना दिएका छन् ।

गठबन्धनका मेयर उम्मेदवार किशोर राइले यस दिवसले श्रमिकको हकअधिकार रक्षाका लागि सबै श्रमजीवी जनतालाई एकताबद्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी उपमेयरका उम्मेदवार आइन्द्र विक्रम वेघाले श्रमिकको सम्मान गर्दै शुभकामना प्रदान गरे ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।सन् २००७ मा विराटनगरमा भएको श्रमिक आन्दोलनसँगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]