
मोरङको केराबारी गाउँपालिकामा वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-२ का नवीन लिम्बू रहेका छन् । नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
बिहीबार चुनाबी अभियान सकेपछि घर फर्किएर सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार लिम्बुको मृत्युको कारण खुलिसकेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए ।