
ग्याँस सिलिण्डर पड्किँदा रसुवामा दुई जना घाइते भएका छन् । नौकुण्ड गाउँपालिका-५ भोर्लेस्थित कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।
दुर्घटनामा कामीसहित उनकी ५० वर्षीया श्रीमती गोमा घाइते भएकी रसुवा प्रहरीले जनाएकाे छ । घाइते दुवै जनाकाे उपचार भइरहेकाे छ ।