११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

काठमाडौं, १६ वैशाख । संयुक्तराष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर युक्रेन पुगे । युक्रेनमा त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटिरहेकै बेला रुसले मध्य किभमा मिसाइल हमला गरेको छ ।

बिहिबार राष्ट्रसंघका महासचिव रहेको स्थान नजिकै भएको घटनालाई अर्थपूर्ण मानिएको छ । गुटेरेज रुस र युक्रेनबीच शान्ति सम्झौताको पहल गर्न सक्रिय भएका हुन् । उनी रुस पुग्नु अघि अमेरिकी अधिकारीहरुलाई भेटेर गएका थिए ।यसैगरी, अमेरिकाले युक्रेनलाई दोस्रो विश्वयुद्धमा जस्तै युक्रेनमा हतियार दिन थालेको रुसले उल्लेख गरेको छ । रुसी टेलिभिजन आरटी टीभीले अमेरिकाले युक्रेनलाई दिन लागेको हतियारबारे कँग्रेसमा प्रस्ताव नै पारित गर्न लागेको उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले ३३ अर्ब डलर युक्रेनलाई थप सहयोग दिन खोजेका छन् ।अमेरिकासहित नाटो देशहरुले युक्रेनलाई हतियार धमाधम दिइरहेका छन् । जर्मनीले पनि ट्यांकर दिन थालेको छ ।

यता रुसले बल्गेरिया र पोल्यान्डलाई ग्याँस बन्द गरिसकेको छ । उसले अन्य देशहरुमा पनि ग्याँस बन्द गर्न धम्की दिइरहेको छ । यसले यूरोपमा ठूलो संकटको खतरा बढेको छ ।
रुसमाथि अमेरिकासहित नाटो देशहरुले दबाब बढाउनु, हतियारको होडवाजी चल्नुले विश्वयुद्धको खतरा बढेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले विश्वयुद्धको खतरा नकार्न नसकिने बताइसकेका छन् । उनले अमेरिकालगायत पश्चिमा देशहरुले विश्वयुद्धतर्फ सँसारलाई धकेल्न खोजेको आरोप लगाइरहेका छन् । उनले आणविक हतियारको प्रयोगको पक्षमा आफूहरु नभएको तर वाध्य बनाइए नकार्न नसकिने बताएर तरंग ल्याइदिएका छन् ।

आणविक शक्ति सम्पन्न देशहरुले पछिल्लो घटनामा आफूलाई तयारी अवस्थामा राखेका छन् । रुसले त्यस्ता हतियार तयारी अवस्थामा राखिसकेको छ । यूरोपमा पनि खतरनाक हतियारहरु तयारी अवस्थामा राखिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]