१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

जिल्लाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक जना बिरामीले हाम फालेर आत्महत्या गरेका छन्।

लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घरनजिकै नालीमा लडेर घाइते भएका ४२ वर्षीय सोमैको अस्पतालमा उपचार भइरहेको थियो।

श्रीमती र छोरीले अस्पतालमा कुर्न बसेका पनि थिए। तर मंगलबार राती अस्पतालको पाँचौं तलाबाट सोमैले हाम फालेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका थिए।

नालीमा घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो। तर मंगलबार राती उनले आत्महत्या गरे ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]