१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १३, २०७९

सप्तरी – अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।

मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको स्कुटरलाई आज बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

स्कुटर पछाडि सवार म्याग्दी बेनी नपा–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]