१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

एजेन्सी – अफगानिस्तानका कार्यकारी रक्षामन्त्रीले आइतबार एकपटक पुनः इशारा इशारामै पाकिस्तानलाई चेतावनी दिएका छन् । उनले तालिबान प्रशाशन आफ्ना छिमेकी देशको हमलालाई नसहने स्पष्ट पारेका छन् ।

यो बयान यस्तो समय आएको हो जब केही दिनअघि मात्रै तालिबानले पाकिस्तानमाथि अफगानिस्तानमा बमबारी गरेको आरोप लगाउँदै विरोध जनाएको थियो ।

तालिबान प्रशासनले पाकिस्तानले अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको जसमा दर्जनौँको ज्यान गएको दाबी गरेको छ ।

अफगानिस्तननका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूबले काबुलमा एक कार्यक्रमका बेला भने, ‘हामी दुनियाँ र छिमेकी मुलुक दुबै तर्फबाट चुनौती र समस्याको सामना गरिरहेका छौँ । यसको स्पष्ट उदाहरण कुनारमा उनीहरुको तर्फबाट गरिएको हमला हो ।’

उनले भने, ‘हामी यस्तो खालको हमला सहन सक्दैनौँ र हामीले यसपटक राष्ट्रिय हितलाई ध्यानमा राख्दै हमला सहेका छौँ । अर्को पटक सायद हामी सहन सक्दैनौँ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार जब पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता याकूबको बयानमाथि जवाफ मागियो तब उनले भने, ‘पाकिस्तान र अफगानिस्तान दुबै मित्र राष्ट्र हुन् । दुई देशको सरकार र जनता आतंकवादलाई गम्भीर खतरा मान्छौँ र लामो समयदेखि योसँग जुधिरहेका छौँ । त्यसैले दुबै देशले आतंकवादको खतरासँग जुध्नका लागि मिलेर काम गर्न आवश्यक छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]