
काठमाडौं – कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९, इमिलियामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिनाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनका उपचारका क्रममा तौलिहवास्थित जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब साढे ८ बजे पैदल हिँडिरहेकी उनलाई लु३च ३०८९ नम्बरको जीपले ठक्कर दिएको थियो । जीपसहित चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ ।