१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

विराटनगर – मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान–४ का ४७ वर्षीय सत्यनारायण राजवंशीलाई पक्राउ गरिएको हो।

त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापामगरलाई पनि पक्राउ गरिएको श्रेष्ठले बताए।

झापा र सुनसरीबाट समेत आएर जुवा खेल्ने गरेको विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जुवा खालमा छापा हान्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरेका थिए। उक्त ठाउँमा १ वर्षअघिदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना प्रहरीलाई थियो। यसअघि पनि छापा हान्ने पटक पटकको प्रहरीको प्रयास सफल हुन सकिरहेको थिएन।

पक्राउ परेकाहरुको साथबाट ६ लाख ४१ हजार ३ सय १५ रूपैयाँ नगद र कोडा बरामद भएको एसपी कोइरालाले बताए। पक्राउ परेकाविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]