१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

धादिङको जुडखोलामा भएको सबारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो थाक्रे गाउँपालिका ७ जुडखोलामा काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बस र चितवनबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२५ भ २९६८ नम्बरको कार आपसमा ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुने नेपाली कार चालक तनहुँ खैरेनीका ३५ वर्षीय दिलबहादुर बस्नेत छन्।

कारमा सवार भारतको उत्तरप्रदेशका ४५ वर्षीय विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये विमलचन्द्रको वीर अस्पताल र अरूको ट्रमा सेन्टरमा मृत्यु भएको हो।

दुर्घटनामा बसका एक यात्रु पनि घाइते भएका छन्। धादिङको निलकण्ठ नगरपालिका-११ का २४ वर्षीय राम परियार सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]