
काठमाडौं- एनआईसी एसिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्दा ५ हजारसम्मको छुट पाइने योजना ल्याएको छ । बैंकले विभिन्न ई–कमर्सहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट पाइने योजना ल्याएको हो ।
दराज, ग्यापु, सस्तोडिल, भोजमान्डु, यूजी बजार जस्ता ई–कमर्सहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सिमान्डु, यति एयरलाइन्सका अनलाइन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिइ डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकमार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।
यसका लागि बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सञ्चालन भएपश्चात् बैंकले एसएमएस वा इमेलमार्फत माथि उल्लेखित मर्चेन्टबाट प्रदान गरिएको प्रमोकोड वा डिस्काउन्ट लिंक पठाउने जनाइएको छ ।
यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।