१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

सुनसरीको बराहक्षेत्र नगरपालिका–४ पिडारीमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

चतरा–झुम्का भित्री सडकखण्डमा चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । चतरा–झुम्का नहरको पुलको बायाँ साइडमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका धनी सुनसरीको बराहक्षेत्र–१ बस्ने अन्दाजी ४० वर्षीय सरोज खड्काको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए । उनका अनुसार शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साँझ ६ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा बराहक्षेत्र–४ का १९ वर्षीय युवराज खड्का, ४५ वर्षीया शान्ता विक, ३० वर्षीया पुनम विक, बराहक्षेत्र–८ की १५ वर्षीया निरुता मल्ल, ३५ वर्षीया इन्दिरा उराव, २४ वर्षीया एलिसा उराव, सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ४२ वर्षीय महमद मियाँ घाइते भएका छन् । त्यस्तै मोरङको बूढीगङ्गा गाउँपालिकाका हिपगुरु उराव, विराटनगर महानगरपालिका–३ का ६१ वर्षीय नारायणप्रसाद अधिकारी र ५२ वर्षीया मीना अधिकारी पनि घाइते भएका छन् ।

सामान्य अवस्थाका घाइतेहरुको बिपीमै उपचार भइरहेको छ । दुर्घटनालगत्तै प्रहरीले बसका चालक बराहक्षेत्र–१ का २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

बस चालक श्रेष्ठको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]