
विराटनगर – विराटनगरमा जनता समाजवादी पार्टीलाई ठुलो झड्का लागेको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आवश्यक्ता भन्दा बढी जान्ने बन्दा पार्टी नै हल्लिएको छ ।
जसका कारण जनता समाजवादी पार्टी विराटनगरका प्रभावशाली नेता उमेश यादवले पार्टी त्यागेको घोषणा गरेका छन्।
अध्यक्ष यादवले आफ्नो छोराको आगामि राजनितीक भविष्य सुरक्षित पार्न पार्टीका स्थापित नेताहरुलाई पाखा लाउने क्रममा उमेश यादवमाथि अन्याय भएको पार्टी निकट नेताहरुले दाबी गरिरहेका छन् ।
महानगरको मेयरमा दाबी गरिरहेका यादवले एक्कासी पार्टी छोड्दा यसको पराकम्पन केन्द्रसम्म पुगेको छ । गठबन्धनको नाममा उनीमाथि पार्टीले अन्याय गरेको प्रष्टरुपमै देखिन्छ ।
उनले विराटनगरमा गठबन्धन गर्ने निर्णय गलत भएकोले पार्टी त्यागेर स्वतन्त्र बस्ने निर्णय गरेको बताएका छन ।
तर यता उनले तत्काल मेयरमा उम्मेदवारी दिने÷नदिनेबारे निर्णय लिई नसकेको बताए पनि उनी बागी उम्मेदवारी दिने निश्चित प्रायः देखिएको यादव निकटत्म स्रोतले जनाएको छ ।
२०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो स्थान हासिल गरेका थिए । यस पटकको चुनावमा जनताले आफुलाई अवसर दिनेमा उनी विश्वस्त देखिएका छन् ।