
बिराटनगर – नेपाली काँग्रेसका नेता फुलकुमार लालवानिको नाम समेत मेयर पदमा सिफारी नगरेको भन्दै महानगर कार्यसमितिको कार्यप्रति बिराटनगरका मारवाडी समाजले असन्तुष्टि जनाएका छन् ।
बिराटनगरका मारवाडी समाजले आज नेपाली कांग्रेस बिराटनगर महानगरपालिका कार्यसमितीको कार्यप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझएको छ । एक यूवा नेताले लाइभ न्यूजलाई भने , नेपाली काँग्रेस महानगर समितिले , नाम सिफारीसमा गरेको भेदभावपूर्ण निर्णय आपतिजनक रहेको टिप्पनी गरे । उनले भने , यो भेदभावपूर्ण निर्णयले बिराटनगरका मार्वाडि समुदाय दुखीत भएको बताए ।
काम परेको बेला मार्वाडि समुदाय संग सहयोग लिने तर पद बाँडफाडको बेला नाम समेत सिफारी नगरिनु कतिको न्यायोचित छ भन्दै प्रतिप्रश्न गरे ।
महानगर कार्यसमितीको कार्यालयले उम्मेदवार छनौट कार्यमा गरेको बिभेद प्रति असन्तुष्टी जनाउदै बुधबार , ज्ञापनपत्र नेपाली कांग्रेस मोरङ जिल्लाका सभापती डिग बहादुर लिम्बुलाई बुझाइएको हो ।
२००३ साल देखिनै मार्वाडि समुदायका ब्याक्तीहरु नेपाली कांग्रेसमा सक्रीय छन् । सो समाजबाट भिमराजा नौलखा जस्ता स्वतन्त्रता सेनानी रहेको छ ।
यस किसिमको कार्यबाट के प्रस्ट हुन्छ भने मार्वाडि समुदाय प्रति यो समाजलाई अपहेलना, उपेक्षा गरिएको छ । पार्टीमा कुनै वास्तै नगेको हो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । नेपाली कांग्रेसको यस्तै कार्यशैली रहेमा एक दिन भयानक दुर्घटनमा जान सक्ने समाजका अगुवाहरुको भनाई रहेको छ ।