१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

सप्तरी – हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका वडा न.-५ स्थित मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा एउटै गाउँका तीन जना युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण अाेभरटेक गर्दा एक आपसमा ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप कुमार यादव र २८ वर्षका बुच्चु भन्ने रंजित कुमार यादव छन् ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यता मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।यसेबिच एउटे टाेलका तीन जना युवाको मृत्यु भए पछि अहिले उक्त टाेल ने शाेकमा डुबेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]