१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

काठमाडौं – पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधान सभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर पार्टीमा स्वागत गरे।

शेर्पा यसअघि एमालेमै थिइन्। पछि उनी माओवादी प्रवेश गरेकी थिइन्। २०६४ सालको संविधान सभामा उनी एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

माओवादीमै हुँदा उनी अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।

यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि एमालेमा प्रवेश गराएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]