२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

पर्वतको जलजला गाउँपालिकाबाट चार वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिना ललाई नियन्त्रणमा लिइएको हो।

अभियुक्त छिनालले वैशाख ८ गते साँझ सात बजेको समयमा वारी बेनीकै चार वर्षीय बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारको लागी बेनी अस्पताल म्याग्दीमा लगेका छन् ।

घटनाको बारेमा सूचना पाए लगत्तै प्रहरी चौकी वारी बेनी प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाइ नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा रहेका छिना ललाई शुक्रवार करणी सम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]