
बालुवा निकाल्ने क्रममा खोलामा डुबेर मोरङमा एक जनाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–४ लोहन्द्रा खोलामा डुबेर स्थानीय ३० वर्षीय बसन्त माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बालुवा झिक्ने क्रममा शुक्रबार दिउँसो ३ः३० बजेतिर खोलामा डुबेका माझीलाई मृत फेला पारिएको हो ।
प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको छ ।