१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

आगलागीमा परेर जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँका चार जना बालबालिकाको मृत्यु भएको छ । तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

आगलागी शुक्रबार राति ११ः४५ बजेतिर भएको हो । आगलागीमा परेर मानसिं सार्कीका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो ।

आगोले सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश तथा भान्जी १४ वर्षीया तिर्सना सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चारै जना बालबालिकाको शव पोस्टमार्टमका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीका अनुसार आगलागीका कारण मानसिं, उनकी श्रीमती फागुनी र बहिनी रुन्चकली बेहोस भएका छन् । उनीहरुलाई उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमै लगिएको छ । उनीहरुको अवस्थाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ ।

जुम्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार आगलागीको जानकारी पाउनसाथ नियन्त्रणका लागि टोली परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोली घटनास्थल पुगेको थियो । आगोले घरको दोस्रो र तेस्रो तलामा पूर्ण रूपले क्षति पुगेको छ ।

डिएसपी चन्दले आगलागीको कारण पत्ता लाग्न नसकेको बताए । ‘कसरी आगलागी भयो भनेर यकिन गर्न गाह्रो परिरहेको छ,’ उनले भने, ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान जारी राखेका छौँ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]