२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

सिन्धुली — सिन्धुली प्रहरीले ठूलो परिमाणमा अवैध गोलिया काठ निकासी हुन लागेको अवस्थामा बरामद गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका–१ वाग्मती नदीको किनारमा घाटगद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएको काठमा साल जातको १८० थान गोलियाको १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलियाको ७९१ क्यूफिट रहेको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले अवैध काठ बरामद गरी आवश्यक कारबाहीका लागि मरिण वन डिभिजन सिन्धुलीलाई बुझाएको सिन्धुली प्रहरी प्रमुख एसपी विमलराज कडेलले जानकारी दिए । अवैध निकासीको लागि दुई वटा ठूलो ट्रकमा एक्सकाभेटर लगाएर लोड हुँदै गरेका गोलिया काठको बजार मूल्य एक करोडभन्दा बढी हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]