१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

दाङ – दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका छन् भने सातजना सामान्य घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब एकबजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिले सुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समुहले मज्जित परिसरमै धारिलो हतियार र इट्टा प्रहार गर्दा आठजना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

हतियार प्रयोगबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षिय गुठे कुरेसि, सोहि वडा निवासी ३३ वर्षिय अरसद अलि, सवविर अलि, ५२ वर्षिय मोहम्मद कासिम, २९ वर्षिय सकिल अलि, ६५ वर्षिय दिल मोहम्मद मिया, २५ वर्षिय कमाल अलि, ४२ वर्षिय मोहम्मद याकदिन अलि घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

घाइतेमध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ। अपरिचित व्यक्तिले प्रहार गरेको र उनीहरूबारे अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइते मध्ये एकजनाको टाउको गम्भीर चोट लागेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]