
काठमाडौं – काठमाडौंको पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । एकजना घाइते छन् ।
कालीकोट घर भई कोटेश्वर बस्दै आएको २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गए राति करिब पौने १० बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा३९प ५१८० नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको बा२१च ८८९५ नम्बरको जीपमा ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भई बिजुलीको पोलमा समेत ठोकिएको थियो । जीप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।