
कैलाली – कैलालीमा जथाभावी सवारीसाधन पार्किङ गरे ‘ह्वील लक’ लगाइन थालिएको छ।
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत जथाभावी पार्किङ गर्ने सवारीमा ह्वील लक (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाइन थालिएको हो ।
मंगलबार अभियान अन्तर्गत अत्तरीया बजार एरीयामा अव्यवस्थित रुपमा पार्किङ गरी राखेका सवारी साधनहरुलाई ह्वील लक लगाई कारवाही गरिएको छ । जथाभावी पार्किङ गर्ने र मौखीक जानकारी गराउँदा अटेर गरेपछि सवारीमा ह्वील लक (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सुरु गरिएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
बजार क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीमा ह्वील लक लगाउन सुरु गरेको हो। बजार क्षेत्रमा जथाभावी हुने पार्किङ नियन्त्रणका पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य सुरु गरिएको प्रदेश ट्राफीक प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् प्रवत्ता रण बहादुर विष्टले जानकारी दिए । उनले मंगलबार अत्तरिया चौराहमा अव्यवस्थित पार्किङ गरिएका ७ ओटा सवारीसाधनमा ह्वील लक लगाईएको बताए । ह्वील लक लगाईएपछी कार्वाहीस्वरुप पाँच सयदेखि पन्ध्र सयसम्म जरीवाना तोकिएको उनले बताए ।