१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

विराटनगर – विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । २०७४ साल असार १४ गतेको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका न्यौपानेले निर्वाचित भएका थिए ।

आगामी निर्वाचनमा उम्मेदवारी दिन वडा पार्टी कमिटीले सर्वसम्मत नाम सिफारिस पठाएका कारण वडाध्यक्ष पदबाट राजीनामा दिएको उनले जानकारी दिए । नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका न्यौपाने पारदर्शी वडाध्यक्ष को रूपमा आफ्नो छवि बनाएका छन् । त्यही छविलाई कायम राख्नका लागि पुन उम्मेदवार बनाउने पार्टीको निर्णयलाई आफूले स्वीकार गर्दै अध्यक्ष पदबाट राजीनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।

पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका न्यौपानेले अरू वडाध्यक्षहरूले मोटरसाइकल, दशैँ भत्ता लगायतको सेवा सुविधा लिँदा उनले फिर्ता गरेका थिए । सेवा सुविधा नै फिर्ता गरेपछि उनको चर्चा थप चुलिएको थियो । वडामा ज्येष्ठ नागरिककोलागि मुख्य काम गरेका उनलाई सबै ज्येष्ठ नागरिकले असल नेतृत्वको रूपमा लिने गरेका छन् ।

उनले वडा अध्यक्ष पदबाट राजीनामा दिएसँगै ५बर्से कार्यकालमा संलग्न पार्टी नेकपा एमाले लगायत विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, वडावासी , सिङ्गो महानगर परिवार, वडा कार्यालय परिवारले देखाएको माया स्नेहका र सहयोग प्रति आभार व्यक्त गरेका छन् । उनले कामको सिलसिलामा कसैको मन दुःखेको भएमा क्षमा पनि मागेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]