१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ।

शुक्रबार (भोलि)देखि सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्ड(एसईई)ले जनाएको छ। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाअनुसार परीक्षाको सबै तयारी पूरा भएको छ।

बोर्डकाअनुसार यो वर्ष कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

देशभरका ११ हजार ६१५ र नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँदैछन्। प्राविधिकतर्फ देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

यसअघि कोरोना जोखिमलाई मध्यनजर गर्दै आन्तरिक मूल्याकंनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ। भौतिक उपस्थितिसहित परीक्षा हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]