१४ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहादुर बुढा र शारदा भण्डारीले जितेका छन्।

पुरुषतर्फ बुढा र महिलातर्फ भण्डारीले उपाधि जितेका हुन्। पुरुषतर्फ बुढाले शून्य प्वाइन्ट जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी ५ घण्टा, २ मिनेट २० सेकेण्डमा पार गरेका थिए। उनी अहिलेसम्मका तीनवटै जुम्ला रारा म्याराथनका स्वर्ण विजेता भएका छन्।

यसैगरी, दलबहादुर कुँवरले ५ घण्टा ५ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरेका छन्। वेदबहादुर सुनारले ५ घण्टा ८ मिनेट ४७ सकेण्डमा दूरी पार गरेर तेस्रो भए।

कर्णाली स्पोर्ट्स क्लब जुम्लाका सचिव मधुप्रसाद उपाध्यायका अनुसार महिलातर्फ शारदा भण्डारीले ६ मिनेट ३४ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै पहिलो भइन्।

यसैगरी, गणना भण्डारीले ६ घण्टा ५९ मिनेट ४२ सेकेण्ड र मञ्जु रावतले ७ घण्टा ३४ मिनेट ३८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो भइन्।

जुम्ला रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी थिए। तर, ७२ जना मात्रै रारातालसम्म पुगेका थिए। यो वर्ष एक विदेशीसहित ७६ जना धावकहरु सहभागी थिए। ७६ जनामध्ये १५ जना महिला धाविका सहभागी भएका हुन्।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाएका छन्। दोस्रोले ६२ हजार ५ सय, तेस्रोले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]