१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो नवजात छोराको मृत्यु भएको जानकारी दिएका छन्।

३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका छन्।

‘गहिरो दुःखको साथ हाम्रो बच्चाको मृत्यु भएको घोषणा गर्न चाहन्छौं,’ रोनाल्डोले लेखेका छन्।

रोनाल्डो र रोड्रिग्वेजले यसअघि अक्टुबरमा बा–आमा बन्ने घोषणा गरेका थिए। सन्तानको निधन कुनै पनि अभिभावकका लागि गम्भीर दुःखको कुरा रहेको रोनाल्डोले बताएका छन्।

‘छोरीको जन्मले हामीलाई यो समयमा बाँच्नका लागि आश र खुशी प्रदान गरेको छ,’ रोनाल्डोले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी हाम्रो एन्जल हौ। हामी सधैं तिमीलाई माया गरिरहने छौं।’

रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरको जन्म सन् २०१० मा भएको थियो। तर, क्रिस्टियानो जुनियरको आमा को हुन रोनाल्डोले खुलाएका छनन्। त्यसपछि जुम्ल्याहा सन्तान इभा र मटिओको जन्म सन् २०१७ मा भयो। उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७ मै भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]