१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

वीरगञ्ज – वीरगञ्ज महानगर पालिकाका नगरप्रमुख (मेयर) बिजय कुमार सरावगीले महानगर पालिकालाई गाडी फिर्ता गरेका छन् । सरावगीले प्रयोग गर्दै आएको ना १ झ १६९८ नम्बरको गाडी मेयर सरावगीले वीरगञ्ज महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलराज पाण्डेलाई साँचो हस्तान्तरण गरेका हुन्।

अब फेरी पनि नेकपा एमालेले सरावगीलाई नै महानगर प्रमुखको उम्मेदवार बनाएपछि नैतिकताका आधारमा सवारीको साँचो हस्तान्तरण गरेको मेयर सरावगीले बताए । निर्वाचन आचारसंहिताअनुसार सवारी महानगरलाई बुझेको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

यस्तै वीरगञ्ज महानगर पालिकाका ३२ वटै वडाअध्यक्षहरुले पनि मोटरसाइकल बुझाइसकेको महानगर पालिकाका प्रशासन शाखा प्रमुख रामकुमार कुश्वाहले बताए । मधेश प्रदेश सरकारले सेवा सुविधा सम्बन्धी ऐन पारित गरेपछि अधिकांश वडाअध्यक्षहरुले सवारी नलिएर मासिक १० हजार रुपैयाँ लिँदै आएको कुश्वाहको भनाई छ । एकाध वडाअध्यक्षहरु बाँकी रहेपनि उनीहरुले मोटरसाइकल बुझाईसकेको कुश्वाले जानकारी दिए ।

उक्त ऐनअनुसार सवारी सुविधा लिने वा मासिक १० हजार रुपैया लिने व्यवस्था थियो । त्यतिबेलादेखि धेरै जनाले सवारी बुझाएर मासिक १० हजार रुपैयाँ लिने गरेका थिए । अहिले वडाबाट सिफारिस लेखि जिन्सी शाखा र लेखा शाखा हुँदै प्रशासन शाखाबाट चिठी दिने गरेको कुश्वाहको भनाई छ ।

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये सबैभन्दा पहिला बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले सवारी फिर्ता गरेका थिए । त्यसपछ जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले सवारी बुझाइ सकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]